गाडी खरिदमा यस्तो आर्थिक चलखेल : लेखा समितिको चासो

काठमाडौं, पुस २६ । प्रदेशसभा र मन्त्रालयले गाडी खरिदमा चलखेल गरेको सार्वजनिक भएपछि प्रदेशसभाको लेखा समितिले चासो देखाउँदै छानबिनका लागि फाइल झिकाएको छ ।
समितिले सचिवालय र मन्त्रालयका गाडी खरिद सम्बन्धमा छलफल गर्न शुक्रबार अकस्मिक बैठक बोलाएको छ ।
त्यही बैठकमा आइपुग्ने गरी सचिवालय र मन्त्रालयका सवारीसाधन खरिदसम्बन्धी सबै फाइल मगाएको हो। गाडी खरिदमा देखिएको आर्थिक चलखेलका विषयमा छलफल गर्न सांसदले माग गरेका छन् ।
छानबिनका लागि आकस्मिक बैठक बोलाइएको सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्