काठमाडौं, पुस २५ । बाजुराको बुढीनन्दा नगरापालिका–९ मा छाउपडी गोठमा आगलागी हुँदा तीनजनाको ज्यान गएको छ ।
बुधबार बिहान काँसी बोहोराको घरसँगै जोडिएको टिनले छाएको छाउपडी गोठमा आगलागी हुँदा उनकी श्रीमती र दुई छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान मोहन कुँवरले जानकारी दिए ।
ज्यान गुमाउनेमा ३५ वर्षकी अम्बा बोहोरा, उनका ९ वर्षका छोरा सुरेश र सात वर्षका छोरा रमित रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी टोली घटनास्थल पुगेको र क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्