बुधबारको मौसम : बादलले ढाक्यो आकाश, पानी पर्ने सम्भावना भने छैन

काठमाडौं , पुस २५ । उपत्यकासहित देशका धेरै ठाउँमा बुधबार बिहानैदेखि बादल लागेको छ । पश्चिमी वायुको कारण देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् सुजन सुवेदीका अनुसार दिउँसो भने विस्तारै बादल हटेर घाम लाग्ने सम्भावना छ । बुधबार राति पश्चिम पहाडी र पुर्वी तराईमा मौसम बद्लीको सम्भावना रहेको उनले बताए । उनले भने ‘तर पानी पर्ने सम्भावना भने छैन । यी ठाउँमा पश्चिमी वायुको थोरै प्रभाव अझै रहेकाले बदली हुने सम्भावना रहेको हो ।’
बिहीबार भने देशभरको मौसम सामान्यतया सफा नै हुनेछ । शुक्रबारदेखि केही दिन मौसम बदली हुने सम्भावना रहेको मौसमविद् सुवेदीले बताए । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्यियस मापन गरिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्