काठमाडौँ , पुस २४ । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् ।
मन्त्रीपरिषद् बैठकले सोमबार उनलाई बर्खास्त गरेको सूचना बाहिरिएका बेला राजदूत शेर्पाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार परराष्ट्र मन्त्रालयमै भेटेर राजिनामा दिएको स्रोतले बतायो ।
परराष्ट्र मन्त्रालयले बुझाएको प्रतिवेदनका आधारमा शेर्पाले राजिनामा दिएको बुझिएको छ ।
उनलाई राजीनामा दिन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपा शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजीनामाका लागि दबाब दिएको स्रोतले जनाएको छ । शेर्पामाथि उनकै चालकले मानव तस्करीको आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्