हामी सबैको यातायातको प्रथम साधारणसभा सम्पन, एक वर्षमै ल्यायो २३ वटा बस संचालनमा

काठमाडौं, पुस २४ । हामी सबैको यातायात प्रा.लि. को प्रथम साधारणसभा सम्पन भएको छ । उक्त साधारणसभाले चार सदस्यीय संचालक समिति समते निर्वाचित गरेको छ ।
ललितपुरमा आयोजित साधारणसभाले मोहनकुमार सापकोटोका अध्यक्षतामा दिलकुमार लिम्बू, श्रीहरी कोइराला र नेत्रकुमार श्रेष्ठ संचालक रहेको कार्यसमिति निर्वाचित गरेको हो ।
ललितपुरको लामाटार पार्टीचौरबाट बुढानिलकण्ठसम्मको यातायात सेवा संचालन गर्दै आएको यातायातले एक वर्षमै २३ वटा बस संचालनमा ल्याएको छ ।
हामी सबैको यातायातका अध्यक्ष मोहनकुमार सापकोटाका अनुसार दुई महिनाभित्र थप १३ वटा बस संचालनमा ल्याउन लागेको जानकारी दिए । दुई वर्षभित्र एक सय वटा बस संचालनमा ल्याएर सेवा प्रदान गरिने जानकारी उनले बताए ।
कार्यक्रममा बोल्दै यातायातका संरक्षक तथा ग्याँस तथा मझौला यातायात महासंघका अध्यक्ष निरकुमार कार्कीले छोटो समयमा हामी सबैको यातायातले गरेको प्रगतिबाट सबैले पाठ सिक्नुपर्ने बताए ।

उनले यातायात क्षेत्रका समस्या समाधानमा व्यवसायी र मजदूर एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । हामी सबैका यातायातका अध्यक्ष मोहनकुमार सापकोटाले आफूहरु व्यवसायसँगै सेवामा समर्पित भएकाले सफलतातर्फ अगाडि बढेको बताए । आगामी दिनमा थप सेवा विस्तारको लक्ष्य लिएर अगाडि बढेको उनको भनाई थियो ।
यातायात क्षेत्रमा छोटो समयमा उपलब्धि हासिल गरेको यातायात सरकारले सिण्डिकेट अन्तको घोषणा लगत्तै कम्पनिमा दर्ता भएर संचालनमा आएको हो । कम्पनिमा दर्ता भएर पनि सफलतापूर्वक सेवा संचालनमा ल्याएपछि हामी सबैको यातायात नमूना यातायातका रुपमा चर्चामा छ ।
साधारणसभामा यातायात क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रका विशेष अतिथि भरत नेपाल, लबकुमार केसी, टंकराज प्याकुरेल र गणेशविक्रम शाहीले हामी सबैको यातायातलाई शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्