विवादमा परेकी राजदूत शेर्पासँग सरकारले माग्यो राजीनामा , उनको प्रतिक्रिया भने यस्तो छ !

काठमाडौं, पुस २४ । सरकारले अस्ट्रेलिया लागि नेपाली राजदूत लक्की शेर्पासँग राजीनामा माग गरेको छ । मानव तस्करीको आरोप लागेर विबादमा परेकी शेर्पासँग सरकारले राजीनामा माग गरेको हो ।
परराष्ट्र मन्त्रालयले गरेको छानविनका आधारमा सरकारले राजदूत शेर्पालाई हटाउने तयारी गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतका अनुसार राजदूत शेर्पालाई राजीनामा दिन आग्रह गरिएको छ ।
राजदूत शेर्पाले आज परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाउने तयारी गरेको बताईएको छ । मानव तस्करी र श्रम शोषणको आरोप लागेसँगै परराष्ट्र मन्त्रालयले शेर्पालाई नेपाल बोलाएर स्पष्टीकरण सोधेको थियो ।
उनको लिखित जवाफ चित्त नबुझेपछि परराष्ट्रले छानबिन समिति नै बनाएको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले शेर्पालाई तत्कालीन माओवादी कोटामा अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्