त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित, कारण यस्तो छ

काठमाडौं, पुस २४ । उपकरण बिग्रेका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । मंगलबार बिहान पौने ९ बजेदेखि आन्तरिक तथा बाह्य उडान र अवतरण हुन नसकेको हो ।
विमानस्थलको भीसीसीएस टावर बिग्रिएकाले उडान र अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए । बिग्रेका दुईवटा उपकरणमध्ये एउटा बनाइसकेको र केहीबेरमा अर्को पनि बनाइसकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्