कर्मचारी समायोजन : सबैभन्दा बढी कर्मचारीको रोजाई स्थानीय तहमा, प्रदेशमा कम

काठमाडौँ, पुस २४ । कर्मचारी समायोजनमा उत्साहजनक सहभागिता देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरको अनुसार पौष २३ गतेदेखि बेलुकी बजेसम्म ४३०१० कर्मचारीहरू समायोजन प्रक्रियामा सहभागी भएका छन् ।
यसमध्ये १९ हजार २ सय ८८ जनाले अन्तिम छनौट गरिसकेका छन् । २३ हजार ७ सय २२ जनाले छनौट गरिसकिएको तर अन्तिम तथ्याङ्क आउन बाँकी रहेको संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले बताए ।
अन्तिम पोस्टिङ गर्ने कर्मचारीहरूको संख्या बढ्दो रहेको बताए । मंगलबार राती ९ बजेसम्म ६ हजार ३ सय २६ जनाले सहभागिता जनाएका छन । यसमध्ये १५ हजार ९ सय ७३ जनाले संघ रोज्दा, प्रदेशमा १९ हजार १ यस ४१ र १ लाख ८ हजार ४ सय ८ जनाको स्थानीय तह रोजाईमा परेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्