आजको मौसम : काठमाडौंसहित देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना Jagaran News Published On : 7 January, 2019 2:28 am काठमाडौं, पुस २३ । उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्