दीपक मनाङ्‍गेको सपथ रोकियो, कानुनी परामर्श गरी टुंग्याउन सभामुखलाई जिम्मेवारी

काठमाडौं , पुस २२ । मनाङ जिल्ला क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित स्वतन्त्र सांसद् दीपक मनाङ्गेको सपथ रोकिएको छ। गण्डकी प्रदेशसभाको कार्य व्यवस्था समितिको बैठकले सदस्यहरुले सभामुख नेत्रनाथ अधिकारीले कानुनविद्‍सँग छलफल गरी टुंग्याउन जिम्मेवारी दिएको छ।
अब सभामुखले कानुनी परामर्श लिएर मनाङ्गेको सपथको मिति तय गरिने नेकपाका गण्डकी प्रदेशसभा सचेतक मायानाथ अधिकारीले बताए।
यो सँगै पूर्वनिर्धारित कार्यक्रम अनुसार मनाङ्गेको सपथ रोकिएको हो।
प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै मनाङ्गे पोखरा पुगेका थिए।
ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ।
हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साताअघि प्रदेशसभामा निवेदन दिएका थिए।
मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आई नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।
यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने तयारी गरेका थि
प्रतिक्रिया दिनुहोस्