कान्ति बाल अस्पताललाई ५ करोड आर्थिक सहायता उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं , पुस २२ । सरकारले कान्ति बाल अस्पतालका लागि ५ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्रकुमार यादवले कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५ करोड आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका हुन्।
आइतबार अस्पतालको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कान्तिलगायतका सरकारी अस्पतालहरुको स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने नीति लिएको पनि स्पष्ट पारे ।
राज्यमन्त्री यादवले स्वास्थ्य सेवालाई सहज बनाउने संवैधानिक व्यवस्था भए पनि बजेट र जनशक्तिको अभावमा स्तरोन्नतिको काम तत्काल गर्न सक्ने अवस्थामा सरकार नरहेको पनि स्पष्ट पारे ।
अस्पतालले बाल स्वास्थ्यका सबै विशिष्टिकृत सेवाहरुको स्थापना गर्दै बाल स्वास्थ्य सम्बन्धी अध्ययन, अध्यापन र राष्ट्रिय अनुसन्धान केन्द्रसहितको बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य लिएको छ ।
अस्पतालका निर्देशक डा। गणेशकुमार राईले कान्तिलाई बाल स्वास्थ्य अध्ययन प्रतिष्ठानको रुपमा विकास गराउने लक्ष्य प्राप्तीमा नेपाल सरकारको पूर्ण साथ रहने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्