जागरण न्युज
काठमाडौं, २२ पौष । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले रेल र पानीजहाज सञ्चालनका लागि सबै प्रक्रिया तिब्र गतिमा अघी बढाइएको भन्दै टिकट काट्नका लागि सरकारले सार्वजनिक सूचना जारी गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक बृद्धिदर ८ प्रतिशत पुग्ने दावी समेत गरेका छन् ।
सरकारका कामकारबाही बारेमा बिभिन्न आलोचना र बहस भई रहेको बेला आफू तर्क र बहसमा समय नर्खचने भन्दै सम्बोधन सुरु गरेका प्रधानमन्त्रीले सरकारले गरेका प्रगति प्रस्तुत गरे ।
सम्बोधन गर्दै ओलीले “म कुनै तर्क र बहश गर्न आज आएको होइन सरकारको नीति तथा कार्याक्रम, बजेट, प्राप्त उपलब्धिको बारेमा सदनलाई जानकारी गराउन आएको हुँ ।”
प्रधानमन्त्रीले संसदमा जानकारी गराए अनुसार गत वर्षको यहि समयको तुलनामा राजश्व संकलन ३२ प्रतिशतले बृद्धि भएको छ भने सरकारी खर्च ३४ बाट झरेर १४ प्रतिशतमा पुगेको छ ।
मूल्य बृद्धि ४.२ बाट घटेर ३.७ प्रतिशत कायम रहेकोे छ भने कुल वैदेशिक सहयोगमा १६२.७२ प्रतिशतले बृद्धि भएको छ । प्रधानमन्त्रीका अनुसार अनुसार उद्योग दर्ता गर्नेक्रम गत वर्षको तुलनामा १३ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले १७.९ प्रतिशतले निक्षेप बढाएको बताउँदै प्रधानमन्त्री ओलीले उत्पादनशित क्षेत्रमा गरिएको लगानी पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्ष १३.४ प्रतिशतमा रहेको उक्त लगानी अहिले ३२.३ प्रतिशतले बढेको छ ।
प्रधानमन्त्रीका दिएको जानकारी अनुसार परियोजनाहरुमा वैदेशिक लगानी २५ प्रतिशतले बढेको छ । देशको समग्र निर्यात १२.३ प्रतिशतले बढेको प्रधानमन्त्रीको बताए ।
प्रधानमन्त्री ओलीले सन् २०१९ को जुन भित्र लुम्बीनी अन्तराष्ट्रिय विमानस्थलमा परिक्षण उडान गरिने र ६ महिना भित्रै पोखरा अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग पीच गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भेरी डाईभर्सन परियोजनामा २ किलोमिटर मात्रै सुरुङ खन्न बाँकी रहेको जानकारी दिदै भेरी ववाई परियोजनाबाट २६ हजार हेक्टर जमिन सिंचाई भई रहेको बताए ।
फाष्ट ट्रयाकमा उत्साहजनक प्रगती भएको र मेलम्चीमा देखिएको समस्या समाधान गर्न सरकार लागि परेको बताए ।
प्रतिक्रिया दिनुहोस्