काठमाडौं, पुस २२ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग दोब्बरले बृद्धि भएको छ ।
दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ, तिहार तथा छठका अवसरमा दुई महिना भन्दाबढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।
दैनिक माग बढेपछि प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्स सङ्ख्या पनि थपिँदै आएको छ । दशैँ अघिसम्म करिब छ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी थियो ।प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्सविभागले निजी कम्पनी मालिका इन कर्पोरेटलाई दिएको छ ।
छ लाखमध्ये कर्पोरेटले तीन लाख लाइसेन्स प्रिन्ट गरिसकेको छ, तीन लाख अझै पिन्ट गर्न बाँकी नै छ । यो सङ्ख्या दशैँ अघिकै हो तर माग बढेपछि थप डेढलाख लाइेन्स प्रिन्ट गर्न बाँकी भइसकेको छ ।
नयाँ र पुरानो गरी अब करिब चार लाख ५० हजार लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको यातायात व्यवस्थ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्