टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरी सपथपछि संसद जान्छन् कि जेल ?

काठमाडौं, पुस १९ । रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि आज सांसद् पदको सपथ ग्रहण गर्दैछन् ।
डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी सपथपछि संसद भवन जालान् कि फेरि जेलमै यो भने सबैको चासो को विषय बनेको छ ।
आज पद तथा गोपनीयताको सपथ ग्रहण गरे पनि संसद बैठकमा पनि सहभागी हुन नपाउने स्रोतले बताएको छ । सपथ खुवाइसकेपछि सांसद चौधरीलाई फेरि डिल्लीबजार कारागारमै लगेर राखिने भएको छ ।
संसद सचिवालय स्रोतले बताए अनुसार ‘सपथपछि पनि उनी जेलमै रहने छन्, संसद बैठकमा सहभागी हुन पनि पाउने छैनन् ।’
टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलालीबाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।
प्रतिक्रिया दिनुहोस्