काठमाडौँ , पुस १८ । चोलेन्द्र शम्शेर जबराले प्रधानन्यायाधीशको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रधानन्यायाधीशको पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा शपथ भएको हो । जबरालाई मंगलबार संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि स्वीकृत गरेको थियो ।
उनीमाथि परेका उजुरीको सुनुवाई गर्दै समितिले उनको नाम स्वीकृत गरेपछि जबरालाई राष्ट्रपतिले बुधबार बिहान शपथ गराएकी हुन् । जबरा नेपालको २९ औँ प्रधानन्यायाधीश बनेका हुन् ।
यसअघि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश थिए । केही महिनाअघि संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित भएका दीपकराज जोशीको नाम अस्वीकृत गरेको थियो ।
अहिले प्रधानन्यायाधीश बनेका जबरा अब झण्डै चार वर्ष पदमा रहने छन् । उनको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न मन्त्रीहरु, सरकारी निकायका प्रमुखसहितको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्