पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी

काठमाडौँ, पुस १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। श्रोतका अनुसार सम्भवत निगमले आजै (बुधबार) मूल्य समायोजन गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेकाले निगमले पनि मूल्य समायोजन गर्न लागेको हो।
नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले अंग्रेजी महिनाको १ र १५ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य पठाउने गरेको छ। हाल भारतमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो एक वर्षकै सबैभन्दा कम भएको छ।
हाल आइओसीले पेट्रोल प्रतिलिटर ६८.८४ भारु र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ। यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो। भारतमा मूल्य घटेसँगै नेपालमा पनि मूल्य घटाउने तयारी निगमले गरेको हो।
निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २ देखि ३ रुपैयाँ घटाउने तयारी गरेको श्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्