विश्व कुङ्फु च्याम्पियनसिपमा नेपाली टोलीलाई ६ स्वर्ण

काठमाडौ‌ं, पुस १८ । सातौँ विश्व कुङ्फु च्याम्पियनसिपमा नेपाली उमा कुङ्फु टोलीले ६ स्वर्ण जितेको छ।
थाइल्यान्ड कुङ्फु सङ्घको तत्वावधान तथा विश्व कुङ्फु महासङ्घद्वारा थाइल्यान्डको फुकेटमा यही पुस १४ देखि १७ सम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्णका अलावा थप ५ रजत पनि जितेको नेपाल उमा कुङ्फु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी दिए।
पुरुष थाउलुमा आयुव घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ, पुरुष सान्डा ७० केजीमा आर्योन राई, महिला थाउलुको सर्ट वेपनमा सियाङ तामाङ, महिला थाउलुमा सौन्दर्य गुरुङ र पुरुष मकी थाउलुमा कमल मगरले नेपाललाई स्वर्ण दिलाएका हुन्।
प्रतियोगितामा विभिन्न १२ राष्ट्रका करीब २ सय ५० खेलाडीको सहभागिता रहेको उमा कुङ्फु सङ्घले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्