काठमाडौँ, पुस १८ । सर्वोच्च अदालतले आज नयाँ नेतृत्व पाउँदै छ । संसदीय सुनुवाई समितिबाट सर्वसम्मत् अनुमोदन भएका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहान सपथ ग्रहण गरेसँगै सर्वोच्चले नयाँ नेतृत्व पाउँने भएकाे हाे ।
याेसँगै न्यायाधीश चोलेन्द्रशमशेर २८औँ प्रधानन्यायाधीशका रूपमा सर्वोच्च प्रवेश गर्दै छन् । बिहान सवा १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ खाएपछि उनले पदभार ग्रहण गर्ने कार्यक्रम छ । उनले आजै पेसी तोक्ने सम्भावना छ ।
जबराले मंगलवार बिहान संसदीय सुनुवाइ समितिमा जवाफ दिएका थिए । आफ्नो कार्ययोजनामा उनले अदालतलाई गैससमुक्त बनाउने दावी गरेका छन् ।
जबरा प्रधानन्यायाधीशका निर्विकल्प दाबेदार थिए । जबरा न्यायाधीश भएको १८ वर्षपछि सर्वोच्चको न्यायाधीश बनेका हुन् । ३० चैत ०५२ मा पुनरावेदन अदालत विराटनगरमा अस्थायी न्यायाधीश सिफारिस भएका उनले ०७१ मा सर्वोच्चमा प्रवेश पाएका थिए ।
प्रतिक्रिया दिनुहोस्