बिग ब्यास लिग :लगातार चौथो खेलमा सन्दीपलाई विकेट, लगातार कप्तान आउट

काठमाडौं,पुस १७ ।  नेपालका युवा स्पीनर सन्दीप लामिछानेले  बिग बास लिग-बीबिएल क्रिकेटमा लगातार चौथो खेलमा विकेट लिएका छन्। मेलबर्न रेनेगेड्सविरुद्ध जारी खेलमा सन्दीपले कप्तान टिम कुपरलाई आउट गरेका हुन्।
सन्दीपले यसअघिका तीनवटै खेलमा कप्तानको विकेट लिएका थिए। प्रतियोगितामा सन्दीपले लिएको विकेट संख्या ८ पुगेको छ। रेनेगेड्सविरुद्ध २ ओभर बलिङ गरेका सन्दीपले १५ रन खर्चिएका छन्। पहिला ब्याटिङ गरेको रेनेगेड्सले १२ ओभरमा पाँच विकेट गुमाएर ८४ रन जोडेको छ।
प्रतिक्रिया दिनुहोस्