काठमाडौं,पुस १७ । प्रतिनिधिसभाले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई पास गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई बहुमतले पास गरेको हो ।
यसअघि सांसद प्रेम सुवाल र गगनकुमार थापाले कर्मचारी समायोजन अध्यादेश अस्वीकार गरियोस् भनी दर्ता गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश स्वीकृतका लागि राखेको प्रस्ताव बहुमतले पास भएको हो ।
उनले अध्यादेश पूर्णत संविधानतः आएको दाबी गर्दै राष्ट्रसेवक कर्मचारीको बृद्धि विकासलाई कहि पनि बन्द नगरिएको बताए । उनले प्रस्तुती र अन्तरवस्तुका दृष्टिले अध्यादेशमाथि शंका गरिरहनु पर्ने अवस्था नरहेको जिकिर गरे ।
त्यसअघि अध्यादेशमाथि विरोधको सुचना दर्ता गराएका सांसद गगन थापाले बोल्दै छुट्टै पहिचान बोकेका केही विशिष्ट कर्मचारीको स्वार्थबाट प्रभावित भएर अध्यादेश ल्याईएको भन्दै फिर्ता लिन माग गरे । उनले अध्यादेश प्रस्तुत गर्ने तरिकामा मात्रै नभएर अध्यादेश भित्रका प्रावधानमा पनि समस्या देखिएको दावी गरे ।
कर्मचारी पठाएको ठाउमा जानैपर्छ तर सरकारले सबै कुरा मनोमानी ढंगले गर्न नपाउने जिकिर उनले गरे । उनले संविधान विपरित सरकारले स्वेच्छाचारी र विभेदकारी ढंगले अध्यादेश ल्याएको दाबी गरे ।
उनले भने, ‘निजामति सेवा ऐन २०५९ अनुसार कुनै पनि निजामति कर्मचारीको सेवा सर्तमा कुनै प्रकारको प्रतिकुल असर पर्ने भएमा लिखित रुपमा उनीहरुको मञ्जुरी लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्