आजदेखि नयाँ वर्ष सन् २०१९ सुरु, शुभकामना आदानप्रदान गरेर मनाईदै

काठमाडौं, पुस १७ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको छ ।
येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् ।
ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।
विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरी को पहिलो तारिखका दिनबाट सुरु हुने इस्वी संवत जनवरीको पहिलो तारिखबाट सुरु हुन्छ ।
सन् २०१८ लाई विदाई गर्दै नयाँ वर्ष २०१९ लाई विश्वभर भब्य रुपमा स्वागत गरिएको छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै विशेष किसिमको अङगुरको रस र रोटी खाने प्रचलन छ ।
विश्वब्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।
नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजनाहरु गरिएका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्