काठमाडौं, १६ पुस । कर्मचारी समायोजन अध्यादेशको विरोधमा निजामती कर्मचारी सडक आन्दोलनमा उत्रिएका छन् । आफूहरुको वृत्तिविकाको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग केहि हप्तादेखि नै आन्दोलनमा छन । सामान्य प्रशासन मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म घेराउ गर्दा पनि आफुहरुको माग पूरा नगरेको गुनासो गर्दै आएका कर्मचारी सरकारले माग वेवास्ता गरेको भन्दै सडकमै उत्रिएर नाराजाजी गरेका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघको आह्वानमा भएको प्रदर्शनमा कर्मचारीहरुले तीनवटै तहमा सरुवा र बढुवाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीप्रति भएको श्रेणीगत र तहगत विभेद खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।
निजामती कर्मचारीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुको जायज मागलाई वेवास्ता गरी समायोजन अगाडि बढाएको भन्दै कर्मचारीहरु सडकमै उत्रिएका हुन् ।
निजामती कर्मचारीहरुको आन्दोलनले दैनिक सरकारी कार्यालयहरुमा कार्यसम्पाद प्रभावित अहुँदै आएको छ । यसको मार सर्वसाधरण जनतालाई परेको छ ।
प्रतिक्रिया दिनुहोस्