कर्णालीको भोकमरी र गरिबीबारे सत्य–तथ्य अध्ययन गरिन्छ : अर्थमन्त्री ज्वाला

काठमाडौं, पुस १६ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मिडियाले बाहिर ल्याएको कर्णालीमा खानै नपाउने र भोकमरीको अवस्थाको समाचार ‘सत्य हो वा होइन’ भन्नेबारे विस्तृत अध्ययन गरिने बताएका छन् ।
प्रेस संगठन जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको भोकमरीको विषयमा जसले सार्वजनिक गरेको तथ्यांक भएपनि चाँडै कार्यदल गठन गरेर कर्णालीको खास अवस्थाको बारेमा अध्ययन प्रतिवेदन निकालिने बताए ।
मन्त्री ज्वालाले भने, ‘कर्णालीमा धेरै जसो चामल अभावलाई भोकमरी भन्ने पनि गरिन्छ अब साच्चिकै अध्ययन गरेर भोकमरीको अवस्था पत्ता लगाउँछौं ।’ उनले यसमा लागि स्थानीय सरकारले हरेक वडा र घरको आर्थिक अवस्थाको तथ्यांक राख्नुपर्ने बताएका छन् ।
उनले कर्णाली प्रदेशलाई अरु प्रदेशसँग नदाजी भिन्नै विशेष अनुदान र समपुरक बजेट दिएमा समृद्धिको ढोका खुल्ने बताए । कर्णाली सरकारको आगामी वर्षको नीति योजनाहरुको छलफल तथा सुझाव संकलन गर्न जुम्ला पुगेका मन्त्री ज्वालाले पत्रकार सम्मेलनमा यहाँको लोभ लाग्दो स्रोत उपयोग गर्न प्रयाप्त बजेटको अभाव भइरहेको बताए ।
उनले विधुत, सडक, पर्यटकीय पूर्वाधार, सामाजिक विकासका लागि आधार तयार गर्न संघीय सरकारले ठूलो लगानी गर्न आवश्यक रहेको बताए । कर्णालीको पानीलाई मेघावाट स्तरको बत्ति निकाल्न, यहाँको नाग्म गमगडी रारा मार्ग बाटो स्तरवृद्धि गर्न, कर्णालीमा पर्यटकीय सर्किट तथा पूर्वाधार तयार गर्न टुक्रे बजेटले नसकिएकाले गौरवको आयोजना आवश्यक रहेको बताए ।
मन्त्री ज्वालले कर्णालीको विकासका लागि सरकारले लगानी जुटाउन प्रयास गरिरहेको समेत बताए । उनले पहिलो संघीय सरकारको अनुदानमा बढाउने र दोस्रो साझेदार निकायहरुसँग लगानीमा जोड दिन समन्वय गर्ने प्रदेश सरकारले रणनीति अगाडि बढाएको बताए ।
उनले जमुनाह हिल्सा द्रूर्तमार्गको लगानी समेतको लागि लगानीकर्ता कर्णाली सरकारले खोजीरहेको बताए । सरकारले भूगोलको आधारमा ठीक बीचमा रहेको साविक कर्णालीको मुकाम जुम्लालाई थप विकास गर्दै लैजाने बाचा गर्दै आएको देखिन्छ ।
कर्णालीको राजधानीको रुपमा हिस्सा माग गरेको जुम्लामा सिंजा सभ्यताको संरक्षण प्रर्वद्धन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘अपग्रेड’, चन्दननाथ भैरवनाथ र डुडु चैत्यको पर्यटकीय सम्भावना, बिजुली, सडक, कृषि, जडिबुटी, शैक्षिक हवलगायतका विषयमा पनि उहाँले योजना अगाडि बढाउने दोहो¥याएका छन् ।
प्रतिक्रिया दिनुहोस्