दुर्घटना बढेको भन्दै दिउँसै मापसे जाँचः दैनिक ३० जना ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं, पुस १६ । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिउँसो पनि मापसे चेकिङ गर्न थालेको छ ।
मापसे चेकिङलाई कडाइका साथ लागु गरे दुर्घटनाको जोखिम घट्ने विश्वासका साथ झापा प्रहरीले पहल थालेको छ ।
झापामा मापसे चेकिङलाई तीव्रता दिन थालिएसँगै मापसे गर्नेमा मोटरसाइकल चालकहरु नै बढी देखिएका छन् ।
मोटरसाइकलकै कारण दुर्घटना बढ्न थालेपछि पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकिङ दिउँसो पनि गर्न थालेको छ ।
चिसो मौसम र वनभोजको सिजन सुरु भएसँगै दिउँसो पनि चालकलाई मापसे गरेको अवस्थामा भेट्ने गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।
प्रत्येक दिन मापसे सेवन गरेका कम्तीमा २५–३० सवारी चालक भेटिएको ट्राफिक प्रहरीको भनाई छ ।
मापसे गरेर सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवाना गर्ने र सेवनको मात्रा र प्रकृति हेरी सवारी चालक अनुमति पत्र (लाइसेन्स)प्वाँल पार्ने गरेको प्रहरीले जनाएको छ त्यस्तै लाइसेन्स नहुनेलाई दुई हजारसम्म जरिवाना गरिएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमा मोटरसाइकल चालक बढी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्