प्रदेश २ को ट्राफिक राजश्व अन्य प्रदेशको भन्दा धेरै, पाँच महिनामै उठ्यो पौने सात करोड

काठमाडौँ, पुस १६ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा छ करोड ७१ लाख ५१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ।
क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरेर मात्रै यस अवधिमा दुई करोड २२ लाख ६८ हजार राजश्व असुल भएको कार्यालयले जनाएको छ।
सवारी साधनलाई कारबाही शीर्षकमा प्रदेश २ ले अन्य पदेशभन्दा वढी राजश्व संकलन गरेको कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए।
चालू आवको पाँच महीनामा राजश्व ६५ प्रतिशतले वृद्धि भएको बज्राचार्यले बताए।
यसैबीच चालू आवको मङ्सिर समान्तसम्ममा प्रदेश २ मा चार सय ८८ सवारी दुर्घटना हुँदा एक सय ७९ जनाले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेमा १२६ पुरुष, ३१ महिला र २२ बालबालिका छन्।
अघिल्लो आव २०७४÷०७५ को असार मसान्तसम्ममा २८८ सवारी दुर्घटना हुँदा प्रदेश २ मा ८३ को मुत्यु भएको थियो। सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही हुँदा चार करोड ७ लाख ३३ हजार राजश्व सङ्कलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्