शहीद स्मारक ए डिभिजन लिग: आज तीन खेल हुँदै

काठमाडौं, पुस १६ ।शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबारदेखि १२ औँ चरणका खेल हुँदैछन् । सोमबार तीनवटा खेल हुँदैछन् ।
पहिलो खेलमा बिहान ११ बजेपछि पुछारका दुई टिमबिच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा पुछारको न्युरोड टिम (एनआरटी) ले १२ औँ स्थान अर्थात पुछारबाट तेस्रो स्थानको मच्छ्न्द्रि क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ११ खेलबाट एनआरटीको पाँच तथा मच्छ्न्द्रिको ६ अंक रहेको छ ।
दिउँसो साढे दुई बजेपछि एन्फा कम्प्लेक्समै हुने खेलमा पुछारबाट दोस्रो स्थानको ब्रिगेड ब्वाइजले ११ औँ स्थानको फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ११ खेलबाट ब्रिगेडको ६ तथा फ्रेण्ड्सको ९ अंक रहेको छ ।
दिउँसो साढे दुई बजेपछि सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलमा जावलाखेल युथ क्लबले त्रिभूवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । चौथो स्थानमा रहेको आर्मीको ११ खेलबाट २१ तथा नवौँ स्थानको जावलाखेलको समान ११ खेलबाट ११ अंक छ ।
प्रतिक्रिया दिनुहोस्