सानिमा बैंकको निःशुल्क आँखा शिविर, ३०० जना लाभान्वित

काठमाडौं, १५ पुस । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत सानिमा बैंकको पोखरास्थित न्युरोड र बगर शाखाले पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित महेन्द्र माद्यमिक विद्यालयको हातामा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
शिविरको उद्घाटन पोखरा मा.न.पा.वडा नं. २०, कास्कीका वडा अध्यक्ष सिमबहादुर गुरुङ्गले गर्नुभयो ।
पोखरा क्षेत्रका लागि बैकका क्षेत्रिय प्रबन्धक भाबुक तण्डुकारले उद्घाटन सामारोहमा शुभकामाना मन्तब्य व्यक्त गर्दै बैंकले आगामी दिनहरुमा पनि स्थानियलाई सहयोग गर्ने जानकारी दिनुभयो ।
शिविरमा भलाम र मौजाका ३०० स्थानीयवासीको आँखा परीक्षण गरिनुका साथै सहभागी २०० जना बिरामीहरुलाई निःशुल्क औषधी र चश्मा वितरण गर्नुका साथै ७ जना मोतिया बिन्दुका बिरामीलाई थप उपचारकालागि हिमालय आँखा हस्पीटलमा सिफारिस गरियो ।
सानिमा बैंक को हाल ७४ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६९ वटा ए.टि.एमबाट ग्राहकहरुलाई सेवा दिंदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्