प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रको सुनुवाई आज, आजै राणाको नाम अनुमोदन गर्ने तयारी

काठमाडौं, पुस १५ । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आज संसदीय सुनुवाई हुँदैछ । सुननुवाईमा राणाले आफूमाथि परेका उजुरीको चित्त बुझ्दो जावफ दिए आजै राणाको नाम अनुमोदन गर्ने समितिको तयारी छ ।
राणामाथि नौ वटा उजुरी परेका छन् । उजुरीकर्ताहरुसँग समितिले शुक्रबार छलफल गरिसकेको छ ।
दिउँसो २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सुनुवाईका लागि राणालाई समितिले बोलाइएको हो ।
सुनुवाईका क्रममा राणाविरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा छलफल हुने संसदीय सुननुवाई समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए ।
राणालाई संबैधानिक परिषदले केही साता अघि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्