चिसोका कारण देशभरको जनजीवन प्रभावित ,अझै चिसो बढ्ने, काठमाडौँमा माइनस ३.५ डिग्रीको रेकर्ड Jagaran News Published On : 30 December, 2018 1:55 am काठमाडौँ , पुस १५ । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्