आईजीपी खनालले निर्मला हत्या प्रकरणको बारे मुख खोले , सुदूरपश्चिम पुगेर भने जस्तोसुकै शक्तीशाली भए पनि पत्ता..

काठमाडौं, पुस १४ । बिहिबारदेखि सुदूरपश्चिममा रहेका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्याको अनुसन्धान नयाँ सिराबाट थालिएको बताएका छन् ।
कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गरेका उनले फरक कोणबाट अनुसन्धान थालिएको जनाउ दिए । फरक कोणबाट अनुसन्धान अघि बढाएको भन्दै महानिरीक्षक खनालले हत्यारा जस्तोसुकै शक्तीशाली भए पनि पत्ता लाग्ने विश्वास व्यक्त गरे ।
‘इमानदारीपूर्वक, गम्भीर र फरक कोणबाट अनुसन्धान अघि बढाएका छौं,’ उनले भने, ‘जुन तह, तप्का र क्षेत्रको भए पनि निर्मलाको हत्यारालाई पत्ता लगाएरै छाड्छौं ।’
केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) का प्रमुख डिआइजी निरज शाहीलगायत उच्च प्रहरी अधिकारीसहितको टोली लिएर उनी सुदूरपश्चिम पुगेका छन् । शुक्रबार संघीय एकाइ कार्यालयमा प्रहरीलाई ब्रिफिङ दिएर महानिरीक्षक खनाल दीपायल गएका छन् ।
कन्चनपुर, भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त गत साउन १० गते साथीको घर गएको बेला बेपत्ता भएकी थिइन् । बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिल्ट उनको शव फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्