नेपालका गोलकिपर किरण चेम्जोङ बने माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर, दुई खेलाडीलाई पछि पार्दै जिते अवार्ड

काठमाडौं , पुस १४। नेपाली राष्ट्रिय टिमका नम्वर वान गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा अवार्ड जितेका छन् ।
किरण चेम्जोङ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर बनेका हुन । उनले माल्दिभ्स फुटबल संघ र माल्दिभ्स फुटबल डट कमले प्रदान गरेको अवार्डमा न्यू रेडियन्टका मोहमेद फैजल र क्लब इगल्सका सुजन परेरालाइ पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

हाल नेपालमै रहेका किरण चेम्जोङ समारोहमा उपस्थित हुन नसके पनि अवार्ड कार्यक्रममा उत्कृष्ट चुनिएका छन् ।किरणको अनुपस्थितिमा टीसी स्पोर्ट्सका प्रशिक्षक मोहमेद निजामले अवार्ड लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्