उद्योगपति किसनलाल दुगडको “The Renaissance Man” नामक सचित्र आत्मकथा विमोचन

काठमाडौं, १३ पुस । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सवको अवसरमा उहा“को सचित्र आत्मकथा समेटिएको  “The Renaissance Man” नामक पुस्तक विमोचन गरिएको छ ।
पुस्तक विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् । पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ ।
किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उहा“ १३ वर्षको उमेरबाट नै पढाइको साथ–साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिपर्नु भएका दुगड कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु विस्तार गर्न सकेमा देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइ छ । उहा“ले कृषि क्षेत्र संग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आंटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आइरहनु भएको छ । आज के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ ।
आफ्नै देशमा कच्चापदार्थ पाइने उद्योगहरुको स्थापनाले देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुहले पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेका छन् । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । सो समुहले हजारौंको संख्यामा रोजगारी प्रदानगर्दै आएको छ । यो सबै हुनुमा किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्