बोको हरामको विद्युतीय पासोमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिए

काठमाडौं, पुस १२ ।बोको हरामले राखेको विद्युतीय धरापमा परेर नाइजेरियामा १३ सुरक्षाकर्मी मारिएका छन् ।
मारिनेमा केही सैनिक र केही प्रहरी रहेको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । तर अर्को एक श्रोतले भने मृत्यु हुनेको संख्या १८ पुगेको दावी गरेको छ ।
बोर्नो राज्यको राजधानी मैदुगुरीसँग जोडिएको राजमार्गमा सोमबार राति अबेर बोको हरामका लडाकूहरूले विद्युतीय धराप राखेका थिए ।
प्रहरी र सैनिक गरी १३ जनाको दुखद् निधन भएको छ, सैन्य अधिकारीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्