राष्ट्रपति कार्यालय अब २२२ रोपनी जग्गामा

काठमाडौं, पुस १२ । सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ ।

मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र निवास परिसरमा पाहुनाघर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिने उल्लेख छ ।

त्यसैगरी स्विमिङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवस गृह र पार्किङस्थल निर्माण गरिनेछ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्