नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

काठमाडौ, पुष ११ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।

झाले आजै सूचना तथा सञ्चार मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् ।

उनलाई तेस्रो कार्यकालका लागि गत भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो । नेकपाको स्थायी समितिको बैठकमा झाको नियुक्तिको विषयलाई लिएर सरकारको निकै चर्काे आलोचना पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्