नारायणकाजीलाई पूर्वराजाले ‘नमस्कार’ गर्दै हालखबर सोधे पछि… Jagaran News Published On : 26 December, 2018 1:40 am काठमाडौं, पुस ११ । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ । साहित्य सम्मेलनमा सहभागी भई काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो । श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए । पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि पोखरासम्मको सडक खराब भएका कारण हवाई माध्यमबाट यात्रा गर्नु परेको गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्