पहिलो महिला गभर्नरः ४५ वर्षीयाको शपथको १० दिनमै हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं, पुस १० । सपथ लिएको १० दिनमै मेक्सिकोकी पहिलो महिला गभर्नरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।
पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको शपथ लिएको केही दिनमै विमान दुर्घटनामा मृत्यु भएको हो ।
उनले डिसेम्बर १४ मा गभर्नरका रुपमा शपथ लिएकी थिइन् । पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एलोन्सो पिएएन पार्टीकी सदस्य थिइन् ।
विमान दुर्घटनामा उनका श्रीमान्को पनि मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्