काठमाडौं, पुस १० । नियमित उडान हुन नसकेको दाङको टरिगाउँ विमानस्थलमा बिहीबारदेखि दैनिक हवाई सेवा सञ्चालन हुने भएको छ ।
पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक हवाई सेवा सञ्चालन हुने नेपाल वायु सेवा निगमका प्रवक्ता विजय लामाले जानकारी दिए ।
विभिन्न कारण देखाउँदै पटकपटक सञ्चालन हुने र बन्द हुने गरेको टरिगाउँ विमानस्थल पुस १२ देखि सञ्चालनमा आउने तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय ९टर्मिनल भवन० पनि बन्ने उपमहानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्