काठमाडौँ, काठमाडौं पुस ९ । निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना खेपिरहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार पत्रकार सम्मेलन गर्दैछन् ।
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसहित समसामयिक घटनाबारे खनालले सोमबार दिउँसो पौने दुईबजे प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
उनले निर्मला हत्याका विषयमा अनुसन्धानको पछिल्लो अवस्थाबारे पत्रकार सम्मेलनमा जानकारी दिने बताइएको छ ।
उक्त घटनाका दोषी पत्ता लागे नलागेको विषयमा भने केही खुलेको छैन । प्रहरीले केही दिनअघि कञ्चनपुरका दुईजना युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । काठमाडौँबाट पक्राउ परेका प्रदीप रावल र कञ्चनपुरबाट पक्राउ परेका विशाल चौधरीले निर्मला हत्या घटनामा आफूहरु संलग्न रहेको साविति बयान दिएको कुरा बाहिर आएको थियो ।
उनीहरुको संलग्नताबारे पुष्टि गर्न प्रहरीले डिएनए परीक्षण गरेको छ । विशालको संलग्नता रहेको नपाइएपछि उनलाई रिहा गरेको प्रहरीले प्रदीपलाई भने हिरासतमै राखेको छ ।
प्रतिक्रिया दिनुहोस्