कालिकोटको पलाँतामा आगलागी : ८७ घरको बस्ती नै सखाप, पाँच जना घाइते Jagaran News Published On : 24 December, 2018 4:37 am काठमाडौं, पुस ९ । कालिकोटको पलाँता गाउँपालिका(१ खाँडामा सोमबार बिहान २ बजे सुरू भएको आगलागीले बस्ती नै जलेर खरानी भएको छ। न्यौपाने गाउँमा भएको आगलागीमा परी अहिलेसम्म ८८ वटा घर जलेर नष्ट भएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारी दिए। ‘फुसका छाना भएका घरमा लागेको आगोले बस्ती नै सखाप पारेको छ, जोडिएका सबै घर जलेपछि अब आगो नियन्त्रणमा आएको छ,’ दुलालले भने। आगलागीमा परी बस्तीका ५ जना घाइते भएका छन् भने दर्जनौं पशु चौपाया मरेका छन्। कालिकोटको पनि बिकट गाउँ खाँडा पुग्न सदरमुकाम मान्मदेखि गाडी र पैदल यात्रा गर्दा ८ घन्टा लाग्छ। आगलागीको कारण थाहा हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्