काठमाडौं, पुस ९ । अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत आफ्नो पहिलो खेलको पहिलो ओभरमै दुई विकेट लिदै उत्कृष्ट सुरुवात गरेका सन्दिप लामिछानेले आज आफ्नो दोस्रो खेल खेल्दैछ्न ।
सन्दिप आवद्ध मेलबर्न स्टार्सले नेपाली समय अनुसार आज बिहान १० बजे होवर्ट ह्युरिकेन टिमसङ्ग प्रतिस्पर्धा गर्दैछ । खेल बेलिरिभ होवर्ड मैदानमा हुदैछ ।
आज हुने खेलमा ग्लेन म्याक्सवेलको कप्तानिमा रहेको मेलबर्न टिम म्याथ्यु वेडको कप्तानिमा रहेको टिम होवर्ट विरुद्ध जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा रहेको छ भने होवर्ट टिम दोस्रो खेलमा लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
गत शुक्रबार क्यानबेरामा सम्पन्न आफ्नो पहिलो खेल वर्षाले प्रभावित भए पछि सन्दिपको टिमले सिड्नी थन्डर्स विरुद्ध डक वर्थ लुईस नियमको आधारमा १५ रनको पराजय बेहोरेको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नै आफ्नो टिम पराजय भए पनि सन्दिपले भने व्याक्तिगत रूपमा राम्रो प्रदर्शन गरेका थिए । ४ ओभर बलिङ गरेका सन्दिप लामिछानेले ३६ रन खर्चेर दुई महत्त्वपूर्ण विकेट लिएका थिए ।
यसैबीच मेलबर्न स्टार्सले दोस्रो खेलको लागी घोषणा गरेको १३ जनाको टोलिमा सन्दिप लामिछाने पनि पर्न सफल भएका छ्न । हिजो घोषणा गरेको १३ जनाको टोलिमा सन्दिपको पनि सहभागिता रहेकाले आज हुने खेलमा सन्दिप प्लेईङ ११ मा पर्ने लगभग पक्का पक्की रहेको छ ।
सन्दिप लामिछानेले आजको खेलमा म्याथ्यु वेड ,डि आर्के सर्ट ,बेन म्याकडरमोट ,जर्ज बेलि ,जेम्स फ्ल्कनर ,जोहान बोथा ,जोफ्रा आर्कर जस्ता चर्चित खेलाडी विरुद्ध आज खेल्न लागेका हुन ।
प्रतिक्रिया दिनुहोस्