वाइड बडी विमान प्रकरण : सहीछाप एकातिर, पैसा अर्कैतिर !

काठमाडौं, पुस ९ । ‘म मन्त्री हुँदा नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी विमान खरिदका लागि केही डकुमेन्टमा सहीछाप गरेकै हुँ । तर, मैले सहीछाप गरेबमोजिमको काम भएको छैन । मैले सहीछाप एउटा कम्पनीको नाममा लगाएँ तर पैसा अर्को कम्पनीमा गयो,’ पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको भनाइ हो यो ।
आइतबार संसदको सार्वजनिक लेखा समितिको उपसमितिमा भएको छलफलमा पूर्वमन्त्री शाहीले यस्तो बयान दिएका हुन् । उनको यस्तो बयानपछि निगमको वाइडबडी विमान खरिद प्रक्रियामै गम्भीर त्रुटि रहेको भन्ने आशंकालाई थप उचाइमा पु¥याइदिएको छ ।
पूर्वमन्त्री शाहीले आफू मन्त्री हुँदा निगमलाई आवश्यक वाइडबडी विमान खरिद गर्न अमेरिकाको एएआर कम्पनीसँग सम्बन्धित दस्तावेजमा हस्ताक्षर गरेको बताए । तर, कहिले पैसा अर्को कम्पनीमा गएको सुन्दा आफूलाई नै अचम्म लागेको उनको भनाइ छ । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्