काठमाडौ, पौष ७ । एभरेष्ट प्रिमियर लिगको उपाधि ललितपुर प्याट्रिएटसले जितेको छ । सनिवार भएको फाइनल खेलमा ललितपुर प्याट्रिएटसले भैरहवा ग्लाडिएटर्समाथि रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेल भएको थियो ।
टस हारेर ब्याटिङ पाएको ललितपुरले भैरहवासामू १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो। तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो ।
प्रतिक्रिया दिनुहोस्