१० हजार युवा मलेसिया उड्ने दिनको पर्खाइमा, आखिर कहिले खुल्छ ?

काठमाडौँ , पुस ७ । बेलौरी–७ कञ्चनपुरका मोहन चौधरीलाई उखु काट्न भ्याइनभ्याइ छ । उखु मिल पुर्‍याउने समय हो यो । पाँच कट्ठा जग्गामा लगाएका छन् । आफ्नो जग्गा होइन, अरूकैमा खेती गरेका । सोचेजस्तो हुन्थ्यो त यतिखेर चौधरी मलेसियामा मोबाइलका पार्टपुर्जा बनाइरहेका हुन्थे । महिनाको १५ सय रिंगेट गोजीमा आउँथ्यो ।
‘हातमा भिसा थियो । पठाउन म्यानपावर तयार । कम्पनी पनि राम्रो । दुर्भाग्य भनौं कि समयको खेल, सरकारले त्यही बेला मलेसिया जान बन्द गरिदियो,’ २३ वर्षे चौधरीले सुनाए । उनी अझै पनि प्रतीक्षामा छन् । मलेसिया जान लिएको १ लाख रुपैयाँको ब्याज साहुलाई महिनैपिच्छे बुझाइरहेका छन् ।
यो महिनाभरि पनि जान नपाए अर्को कुनै देश जाने सोचमा छन् । चौधरीजस्ता करिब १० हजार युवा हातमा भिसा ९कलिङ भिसा० बोकेर मलेसिया खुल्ने दिन पर्खिरहेका छन् ।
वैदेशिक रोजगारीमा नेपालको सबभन्दा ठूलो गन्तव्य हो मलेसिया । सरकारले गत जेठ २ देखि त्यहाँ जान प्रतिबन्ध लगाएको छ ।
मलेसियाले कामदार लैजाने क्रममा अनावश्यक प्रक्रियामा फसाएर आर्थिक शोषण गरेकोश्रम मन्त्रालयले जनाउँदै आएको छ । कान्तिपुर दैनिका खबर छापिएको छ।
प्रतिक्रिया दिनुहोस्