बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या, एक दर्जनभन्दा बढी घाइते Jagaran News Published On : 22 December, 2018 4:15 am काठमाडौं, पुस ७ । नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परि कम्तीमा २५ जनाका मारिएका छन्। जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परि अरू एक दर्जनभन्दा बढी घाइते भएका छन्। विभिन्न स्रोतले दिएको जानकारीअनुसार बिर्निन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हुँदै आएको छ। स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान तथा मजदुर रहेको जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्