बिग ब्यास लिगमा सन्दिपको सनसनी, एक ओभरमै दुई विकेट लिए

काठमाडौ, पौष ६ । बिग ब्यास लिगमा डेब्यू गरिरहेका नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले सनसनी मच्चाएका छन् । उनले एक ओभरमै दुई विकेट लिएका छन् । उनले सिड्नी थन्डर विरुद्ध भएको खेलमा कप्तानसहितको दुई विकेट लिएका हुन् ।

आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई २२ रनमा आउट गरेका हुन्। । यस्तै सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई १५ रनमा कट एण्ड बोल्ड पारेका छन् । सन्दीपले पहिलो ओभरमा ३ रनमात्रै खर्चेर २ विकेट लिए।

यस्तै दशौं ओभरमा तथा आफ्नो व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपले एक चौकासहित ६ रन खर्चिएका थिए ।

प्रतिक्रिया दिनुहोस्