कृषि बैंकका कर्मचारी गोविन्द प्रसाद जोशीले पाए सफाइ

काठमाडौं , पुस ५। कृषि विकास बैंकका कर्मचारी गोविन्द प्रसाद जोशीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले बिहीबार जोशीलाई सफाइ दिएको हो ।
झुठा विवरण एवं कागजातका आधारमा कर्जा लिनु दिनु गरि भ्रष्टाचार गरेको आरोप लागेका जोशीलाई सर्वोच्चका न्यायधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइ दिएको हो ।
प्रतिक्रिया दिनुहोस्