काठमाडौँ, पुस ५ । तत्काल शितलहर चल्ने वा पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका क्षेत्रमा बिहानको समयमा हुस्सु तथा कुहिरो लागे पनि दिउँसोमा मौसम सामान्यतया सफा रहने मौसमविद सुजन सुवेदीले जानकारी दिए । तर तत्काल तराईका क्षेत्रमा शितलहर चल्ने र देशका अरु ठाउँमा पानी पर्ने सम्भावना भने नरहेको मौसमविद सुवेदीले बताए ।
शितलहरका कारण आलुसहितका तरकारी बालीमा नोक्सानी हुने भए पनि तत्काल त्यस्तो सम्भावना छैन । तर हिउँदे पानी नपर्दा गहुँ लगाएका किसानलाई भने चिन्ता बढ्न थालेको छ ।
बिहीबार काठमाडौँ उपत्यकासहित मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था हरे पनि पानी भने नपर्ने उनको भनाई छ । देशका अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।
काठमाडौँ उपत्यकामा बिहीबार बिहानको न्यूनतम तापक्रम ३.६ डिग्री थियो भने दिउँसो बढेर १६ देखि १८ डिग्री पुग्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्