काठमाडौं, ४ पुस । सिद्धलेक गाउँपालिका आफ्नै भवनमा सरेको छ । गाउँपालिकाले १५ रोपनी क्षेत्रफलमा सबै शाखा अट्नेगरी रु. १ करोड ८७ लाख ७९ हजार ८४८ को लागतमा भवन निर्माण गरेपछि आफ्नै भवनमा सरेको हो ।
धादिङको, बुङचुङ स्थित नवनिर्मित भवनको उद्घाटन बुधबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरेका हुन् ।
सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले विकासका लागि आवश्यक बजेट स्थानीय निकाएमा गएकाले इच्छाशक्ति भएमा गाउँगाउँमा विकासको गति तिब्र हुने बताए । प्रदेश सरकारले गाउँगाउँमा बजेट पठाएकाले विकास बजेट सदुपयोग गर्न सबैलाई आग्रह गरे ।
प्रदेश नं. ३ सम्भावना, सम्पत्ति र स्रोत भएकाले पैसाको मात्र आवश्यकता नभइ इच्छाशक्ति भए जनताले अनुभव गर्नेगरी विकास गर्न सकिने बताउँदै उनले भने, “हामी हिरा नचिनेर फलाम खोजिरहेको” यसको लागि सबै नागरिक मिलेर उत्पादनतर्फ लाग्न आग्नु पर्छ ।
कार्यक्रममा प्रदेश नं. ३ का मन्त्री शालिकराम जम्मकट्टेल, सांसद खेमप्रसाद लोहनी, प्रदेशसभा सदस्य भूमि त्रिपाठीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको थिए ।
सबै जनप्रतिनिधि तथा स्थनीय, कर्मचारी सबैको सहगायगले सिद्धलेक गाउँपालकाले १५ रोपनी क्षेत्रफलमा रु. १ करोड ८७ लाख ७९ हजार ८४८ को लागतमा भवन निर्माण गर्न सफल भएको गाउँपालिका प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले बताए ।
भवन अपाङमैत्री, सोलार प्यानल जडित तथा कर्मचारी आवास सहितको सुविधा सम्पन्न १६ कोठे पक्कि हुनुकासाथै धादिङ जिल्लामा पहिलो पटक सुविधा सम्पन्न भवन निमार्ण गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस्