मोनोरेल निर्माणको लागि चिनियाँ कम्पनीसँग सम्झौता, १ वर्षभित्र डीपीआर तयार हुने

काठमाडौं ,पुस ४ । उपत्यकामा मोनोरेल निर्माणको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । बुधबार काठमाडौं र ललितपुर महानगरपालिका तथा चाइना रेलवे २५औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड सीआरसीसीबीच मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीले १ वर्षभित्रमा डीपीआरको काम सक्ने जनाएको छ ।
चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सीआरसीसीले काठमाडौंको चक्रपथमा मोनोरेल बनाउन कम्तीमा १ वर्ष डीपीआरको लागि समय चाहिने र ३ वर्ष निर्माणमा लाग्ने जनाएको छ । यसअघिको प्रारम्भिक अध्ययनले चक्रपथमा मोनोरेल बनाउन १६ अर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ ।
बुधबार सभागृहमा भएको कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरिबावु महर्जनले मोनोरेल बनाउन महानगपालिकाले मात्रै खर्च पु¥याउन नसक्ने भएकाले संघ र केन्द्र सरकारको पनि सहयोग खोजिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्